+
+
Shares

चिनियाँ खोपले छिट्टै नेपालमा स्वीकृति पाउँदै

सागर बुढाथोकी सागर बुढाथोकी
२०७७ माघ २७ गते १७:२१

२७ माघ, काठमाडौं । सरकारले चीनमा उत्पादित कोभिड-१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिने तयारी गरेको छ । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने भनेपछि उक्‍त खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिन लागेको हो ।

चीनले सिनोफार्म कम्पनीले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको छ । उक्त खोपको क्लिनिकल ट्रायलको डाटा प्राप्त नभएको भन्दै नेपालमा दर्ता प्रकिया रोकिएको थियो । अहिले माग गरेका सबै कागजात प्राप्त भएकाले स्वीकृति दिन लागिएको विभागका एक अधिकारीले जानकारी दिए ।

चीन, बहराइन र युएईमा यो खोप दर्ता भएर प्रयोग भइसकेको छ भने हंगेरी र पाकिस्तानमा पनि दर्ता प्रकिया सुरु भएको छ ।

विभागले पुस २९ गते आपतकालीन प्रयोगको अनुमति पाएका खोप दर्ता गर्न आह्वान गरेको थियो । खोप दर्ता हुनका लागि विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेको खोप हुनुपर्ने मापदण्ड राखिएको थियो ।

पी एन्ड जी र हस्पिटेक डिस्ट्रिब्युटर्सले यो खोपलाई दर्ता गर्न विभागमा निवेदन दिएका थिए । तर, क्लिनिकल ट्रायलको डाटा नबुझाएकाले उक्त खोप दर्ता प्रकिया अगाडी बढेको थिएन । विभागका स्रोत अनुसार उक्त खोपको क्लिनिकल ट्रायलको डाटा परराष्ट्र मन्त्रालय मार्फत पठाइएको छ ।

‘उक्त डाटा अध्यन गरेर हामी छिट्टै उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन्छौं’ विभाग स्रोतले भन्यो, ‘सम्पूर्ण कागजात प्राप्त भएकाले अब अनुमतिको लागि धेरै समय लाग्ने छैन ।’

चिनिया कम्पनीको खोप कस्तो हो ?

वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टसंग सहकार्य गरेर चीनको सरकारी कम्पनी सिनोफार्मले बनाएको उक्त खोप ७९ प्रतिशत प्रभावकारी भएको कम्पनीले दाबी गरेको छ । यही खोपको तेस्रो चरणको ट्रायल गरेको युएईले ८६ प्रतिशत प्रभावकारी भनेर दाबी गरेको थियो । तर कम्पनीले यो दाबीको कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन ।

यूईमा १८ वर्ष भन्दा माथि र ६० वर्ष कम उमेरका १५ हजार स्वयंसेवकलाई यो खोपको तेस्रो चरणको ट्रायल गरिएको थियो । उक्त ट्रायलले गम्भीर समस्या नदेखिएको निष्कर्ष निकालेको थियो । युएईले उक्त ट्रायलमा वैदेशिक रोजगारीमा गएका २ सय देशका नागरिक समावेश भएको दाबी गरेको थियो । पेरु, बहराइन जस्ता देशहरुमा यो खोपले केही गम्भीर असर देखाएकाले केही समय रोकिए पनि अहिले फेरि सञ्चालनमा  छ ।

औषधि व्यवस्था विभागमा हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्ट प्रालिले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’को आपतकालीन प्रयोगको लागि दर्ता गरेको थियो ।  उक्त खोप नै नेपालमा आपत्कालीन अनुमति पाउने पहिलो खोप बन्यो ।

त्यसैगरी इमराल्ड डिस्ट्रिब्युटर्सले भारतको भारत बायोटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ आयात गर्न विभागमा निवेदन पेस गरेको छ । भारत बायोटेकको खोपको कागजी प्रकिया पूरा नभएकाले दर्ता प्रकिया सुरु नभएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?