Comments Add Comment

यो हो लण्डनको सबैभन्दा दुब्लो घर, १६ करोडमा बिक्री हुँदै

यो घरको अगाडि पट्टिको बाटोमा हिँडिरहँदा तपाइँले आँखा झिमिक्क पारुन्जेल घर पार भइहाल्छ ।

हेयर ड्रेसिङ सैलुन र सर्जरी हाउसको बीचमा चेँपिएर रहेको यो घर बेलायतको राजधानी लण्डनको सबैभन्दा दुब्लो अर्थात् साँघुरो घर हो । निलो रङले पोतिएको धर्सो जस्तै देखिने यो घरको मोहडा लण्डनमा भएका घरहरु मध्ये सबैभन्दा कम छ ।

पाँचतले यो घरको मोहडाको लम्बाई जम्मा १.६ मिटर छ । अहिले यहीँ दुब्लो घर बिक्रिमा छ र यसको मूल्य चाहीँ ९ लाख ९५ हजार पाउण्ड स्ट्रलिङ अर्थात् झण्डै पौने १४ लाख डलर राखिएको छ ।

यो घर १९ औँ सताब्दीको अन्त्य वा बिसौँ सताब्दीको सुरुतिर बनेको हुनुपर्छ । यसको भुइँतलामा पहिले भिक्टोरियन टोपीको पसलका साथै विभिन्न खाले सरसामानको गोदाम थियो भने माथिल्ला तल्लाहरुमा मानिसको बसोबास थियो ।

घरजग्गा बिक्रि गर्ने विन्कवर्थ इस्टेट कम्पनीले यो घर बिक्रि गर्ने जिम्मा लिएको छ । कम्पनीका सहायक म्यानेजर डेभिड मायर्सका अनुसार यो घर लण्डनको इतिहासको एक अद्वितीय भाग भएकाले यसको मूल्य पनि उच्च पर्न गएको हो ।

यो घर एक प्रकारले लण्डनको आश्चर्य भएको उनको दाबी छ ।

यो घरको क्षेत्रफल मोहोडा र पछाडिको भागमा समान छैन । घरको सबैभन्दा कम क्षेत्रफल चाहीँ भुइँ तलाको पछाडिको भागमा रहेको भान्साकोठाको भाग छ ।

स्मरण रहोस् सन् १९९० को दशकमा यो घर फोटोग्राफर जुएर्गेन टेलर तथा अभिनेता सिमोन उड्सको स्वामित्वमा थियो । सन् २००९ मा यो घर बेचियो र एकजना वकिलले खरीद गरे ५ लाख ९५ हजार पाउण्डमा । अहिले उनै वकिलले उक्त घर बेच्न थालेका हुन् । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment