+

शहीद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक

२०७७ माघ  २७ गते १९:४३ २०७७ माघ २७ गते १९:४३
शहीद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक

२७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

गत वर्ष भएको लिगको बाँकी खेलको खेलतालिका एन्फाले मंगलबार सार्वजनिक गरेको हो ।

कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण गत वर्ष लिग बीचमै स्थगित भएको थियो । लिगका बाँकी खेलहरु आगामी फागुन ११ गतेदेखि फेरि सुरु हुँदैछ । फागुन ११ गते दुई खेल हुने एन्फाले जनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय