+
+
Shares

बकैया गाउँपालिकामा ल्होसारको ३ दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते ७:३४

२८ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होसार पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको बैठकले यही माघ २८, २९ र ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिए ।

ल्होसार पर्व माघ ३० गते परेको छ । सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा तामाङ, हृयोल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । केन्द्र सरकारले भने माघ ३० गते एक दिनमात्रै देशभर ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच बकैया गाउँपालिकाले यही माघ २९ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने निर्णय पनि गरेको छ । घोषणासभा गाउँपालिकाको वडा नं. ४ स्थित जुरेली खेल मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?