Comments Add Comment

गेटाफेलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा

२८ माघ,काठमाडौं । गेटाफेलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानको उक्लिएको छ । गएराती भएको खेलमा रियलले गेटाफेलाई २-० ले पराजित गरेको हो । रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

घरेलु मैदानमा रियल पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । तर ६०औं मिनेटमा करिम बेन्जामा र६६औं मिनेटमा फर्ल्यान मेन्डीले गोल गरेपछि रियलले जित हात पारेको हो ।

जितपछि २२ खेलबाट ४६ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लेको हो । २१ खेलबाट ४३ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ । रियलले लिग लिडर एट्लेटिको मड्रिडसंग अंक दूरी ५ मा झारेको छ । तर एट्लेटिकोले दुई खेल कम खेलेको छ । एट्लेटिकोको २० खेलबाट ५१ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

करिष्मा ‘महानायिका’ !

Advertisment