Comments Add Comment

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२८ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेष्टह्यामलाई अतिक्त समयमा १-० ले पराजित गर्दै युनाइटेडले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

घरेलु मैदानमा युनाइटेडका लागि स्कट म्याकटोमिनेले ९७औं मिनेटमा निर्णायक गोल गरे । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका हुन् ।

यस्तै प्रिमियर लिग क्लब बर्नलीलाई २-० ले पराजित गर्दै दोस्रो श्रेणीको क्लब बर्नमाउथ पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

करिष्मा ‘महानायिका’ !

Advertisment