Comments Add Comment

प्रचण्ड-माधव समूहको विरोधसभालाई १४ नेताले सम्बोधन गर्ने

२८ माघ, काठमाडौं । नेकपा (प्रचण्ड-माधव) समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई १४ जना नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

संसद विघटनको विरोधमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघु जी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् ।

यसैगरी सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विशंखे पनि आजको सभाको वक्ता तोकिएका छन् ।

विरोधसभाको अध्यक्षता हितबहादुर तामाङले गर्ने छन् । सभाको सन्चालन लीलामणि पोखरेलले गर्ने छन् भने स्वागत मन्तव्य जीवनराम श्रेष्ठले राख्ने छन् ।

विरोधसभा अघि प्रचण्ड-माधव समूहले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशर महल र जमलबाट जुलुस निकालेको छ । जुलुस सुन्धारा हुँदै भृकुटीमण्डप पुगेर विरोधसभा परिणत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment