Comments Add Comment

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२८ माघ, काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो ।

सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले मंगलबारमात्रै पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकर शर्मासँग ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे , एनएमबि बैंक लगायतमा काम गरेको अनुभव छ । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरेका थिए ।

सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।

नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरे । प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्राइज बैंकमा आबद्ध हनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment