Comments Add Comment

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा

लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरेको छ ।

उक्त प्रतियोगितामा विराटनगरका लकेश दंगल, भक्तपुरका मन्दीप बखुन्छे, पोखराका विकास त्रिपाठी, काठमाडौंका सन्तोष शाक्य, भक्तपुरका भुवन तिवारी र मुस्ताङका छेवाङ गुरुङ विजयी भएको बैंकले जनाएको छ । विजयीले प्रत्येक शीर्षकमा ५० हजार रुपैयाँ गरी पुरस्कार जितेका छन् ।

‘माई मोबाइल मनि’ प्रतियोगितामा पाँचवटा विभिन्न शीर्षक रहेको र सहभागीहरुले प्रत्येक शीर्षकमा तीन मिनेटसम्मको एक/एक गरी कुल पाँचवटासम्म भिडियो पठाउन सक्ने नियम थियो । प्रतियोगितामा विभिन्न क्षेत्र बाट ४५० भन्दा बढी रेजिस्ट्रेसन मार्फत निकै उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शीर्षकमा भने २ भिडियोहरुबीच बराबर भई २ वटै भिडियो विजेता भएको बैंकले जनाएको छ ।

यो बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो । यसअघि, बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो । जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेस गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment