Comments Add Comment

फाइनान्स कम्पनीमा बढ्याे सेयर लगानीकर्ताको आकर्षण

२८ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ अंकले वृद्धि भएको छ । फाइनान्स कम्पनी तथा बैंकिङ समूहको परिसूचक उकालो लाग्दा समग्रमा नेप्से परिसूचक पनि ८ दशमलव ६६ अंकले बढेर २ हजार ५ सय ४३ दशमलव ०३ अंकमा पुगको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५६ अंकले बढेको छ । कारोबार रकम भने पछिल्ला केहि दिन यताको तुलनामा घटेको छ । ६२ हजार १५ कारोबारबाट बुधबार १ सय ९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३ सय ९८ रुपैयाँ पुगेको छ । बुधबार सबैभन्दा धेरै फाइनान्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । लगानीकर्ताहरुको आकर्षण फाइनान्स कम्पनीहरुमा देखिदा यो समूहको सब इन्डेक्स ३ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

जुन बुधबारको सबैधन्दा ठूलो वृद्धिदर हो । बैंकिङ समूह् पनि १.५० प्रतिशतले बढेको छ भने होटल समूह २.१४ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूह पनि ०.४७ प्रतिशतले बढ्दा व्यापार समूह भने सबैभन्दा धेरै ३.२१ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादनमूूलक समूह १.१५ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स १ प्रतिशत र जीवन बिमा समूह ०.६२ प्रतिशतले बढेको छ । बुधबार फाइनान्स समूह नै धेरै बढ्नु पर्ने खास कारण भने देखिदैन । जानकारीहरुका अनुसार फाइनान्स कम्पनीहरुको लाभांशको अनुमान गर्दै लगानीकर्ताहरु सेयर किन्न झुम्मिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment