Comments Add Comment

महिला लिग फुटबल : सावित्राकाे डबल ह्याट्रिकमा एपीएफकाे फराकिलाे जित

२८ माघ, काठमाडौं । विभागीय टाेली एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार आठाैं जित हात पारेकाे छ ।

बुधबार भएकाे खेलमा साविक विजेता एपीएफले रौतहटकाे चन्द्रपुर नगरपालिकालाई ८-० ले पराजित गरेकाे हाे ।

एपीएफकाे फराकिलाे जितमा सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेतले दुई गाेल गरिन् ।

सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा भएकाे खेलमा सावित्राले खेलकाे छैठौं, ३३ औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गाेल गरिन् । जारी लिगमा सावित्राकाे गाेल संख्या ३८ पुगेकाे छ ।

अनिता बस्नेतले खेलकाे पहिलाे र ५४ औं मिनेटमा गाेल गरिन् । चन्द्रपुर विरुद्धकाे पहिलाे खेल एपीएफले ६-० ले जितेकाे थियाे ।

लिगमा शतप्रतिशत जित हात पारेकाे एपीएफले ८ खेलबाट २४ अंक जाेड्दै दाेस्राे स्थानकाे त्रिभुवन आर्मी फुटबल क्लबमाथि ५ अंककाे अग्रता बनाएकाे छ । आर्मी समान खेलबाट १९ अंकसहित दाेस्राेमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment