Comments Add Comment

मार्चबाट यती एयरलाइन्स पूर्ण क्षमतामा सञ्चालन हुने

२८ माघ, काठमाडौं । निजी क्षेत्रमा सञ्चालित वायुसेवा कम्पनी यती एयरलाइन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर-७२’ र दुईवटा जेट स्टि्रम विमानमार्फत उडान सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको जानकारी गराएको छ । एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए ।

उनका अनुसार कम्पनीले थप एटीआर-७२ विमानसमेत ल्याउने तयारी गरेको जनाएको छ । जहाज थप भएसँगै यतीसँग ६ वटा एटीआर-७२ र ५ वटा जेट स्टि्रम विमान हुने भएका छन् ।

पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ५, भैरहवा ३, नेपालगञ्ज २, जनकपुर २, सिमरा ४, तुम्लिङटार २, भद्रपुर २ र माउण्टेन ˆलाईटका लागि २ वटा उडान भर्न लागेको बताएको हो । पूर्ण क्षमतामा चलेपछि यति र ताराबाट दैनिक १ सय उडान संख्या पुग्ने कम्पनीले जनाएको छ ।

यसैबीच कम्पनीले ‘भ्यालेन्टाइन डे’ लक्षित गरेर अफर समेत सार्वजनिक गरेको छ । यतीले फेब्रुवरी-१४ अर्थात ‘भ्यालेन्टाइन डे’ को दिनमा पर्वतीय उडान गर्ने यात्रुलाई घरबाट विमानस्थलसम्म आउने र घर र्फकनका लागि निःशुल्क ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाएको हो ।

यसको लागि एअरलाइन्सले ‘पिक मी’ संस्थासँग सहकार्य गरेको छ । यतीले ‘भ्यालेन्टाइन डे’ को दिनमा उडान गर्ने यात्रुलाई स्मार्ट टेलिकमको तर्फबाट एक हजार बराबरको ८ जिवी डाटा, २० मीनेट टक टाइम भएको सिमकार्ड सित्तैमा उपलब्ध गराउने भएको छ ।

‘किनम्न’ अनलाइन सपिङको तर्फबाट रु ५०० भन्दा बढी मूल्य बराबरको २४ के. रोज गिफ्ट दिने व्यवस्था मिलाएको प्रवक्ता बर्तौलाले बताए । पर्वतीय उडानका लागि यतीले यसअघि नै अगाडि सारेको ‘एक टिकट किन्दा अर्को टिकट सित्तैमा’ योजना कायम राख्दै यो थप अफर दिन लागेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment