+
+
Shares

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १८:२९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सञ्चालक समितिले उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहनुभएका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय श्री बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?