Comments Add Comment

प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टनमा शाहिलको दोहोरो जित

२८ माघ, काठमाडौं । एनआरएनएका शाहिल चन्दले प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा दोहोरो जित हात पारेका छन् । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना चितवनमा बुधबारदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा एनआरएनए दुबईका शाहिलले दोहोरो जित हात पारेका हुन् ।

चन्दले छात्र यु १७ तर्फ गुल्मीका मनोज पोदारलाई २१-१३ र २१-१३ को अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि उनले जित निकाले । चन्दले पुरुष एकलमा काठमाडौंका भविश थापालाई २१-९ र २४-२२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।

यस्तै पुरुष एकलतर्फ जित निकाल्ने क्रममा सेनाका हिमाल चन्दले बाँकेका शिव थापालाई २१-९ र २२-२० ले, सेनाका पविन लिनथेपले कञ्चनपुरका संजीव भण्डारीलाई २१-६ र २१-४ ले, नवलपरासीका रोशन कुमालले कैलालीका सोशन खत्रीलाई २१-५ र २१-८ले, एपीएफका प्रियानसु सिंह क्षेत्रीले धादिङका सविन तामाङलाई २१-८ र २१-१७ ले, सेनाका आयुष्मान नागरीले बाराका सुरेन्द्र श्रेष्ठबाट वाक ओभर, साइनोका अभिषेक बोसले सुनसरी ब्याडमिन्टन एकेडेमीका २१-१२ र २१-९ ले पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरे ।

यसैगरी चन्द्रगढीका अखिल श्रेष्ठले बाँकेका रियाज अन्सारीलाई २४-२२ र २१-१७ ले, बाँकेका इरफान अन्सारीले बाराका युवराज राउतबाट वाकओभर, एपीएफका सुमन लिम्बुले चन्द्रगढीका रुपक थिङ्गलाई २१-१०, २०-२२ र २१-१० ले, सुर्खेतका नरेन्द्र बलमे बालकुमारी रिमिक्स क्लब राजेन्द्र महर्जनलाई २१-१८ र २१-१७ ले तथा बाराका राम कृष्ण श्रेष्ठले परासीका लसन तामाङलाई २१-१४ र २३-२१ ले पराजित गर्दै दोश्रो चरण यात्र तय गरे ।

यस्तै छात्र एकलतर्फ कैलालीका रोशन साउद, सुर्खेतका प्रकाश अधिकारी, चितवनका लामा छिरिङ, बुटवल ब्याडमिन्टन क्लबका कृष नेपाल र कैलालीका पारस उपाध्यायले पनि दोश्रो चरण प्रवेश गर्ने क्रममा जित निकाले । साउदले बाँकेका शिव सुनुवारलाई २१-१२ र २१-७, अधिकारीले बुटवल ब्याडमिन्टन क्लबका आयुष जङ्ग कार्कीलाई २१-८ र २१-१३, लामाले कपिलवस्तुका आशिष कुमार चौधरीलाई २१-१० र २१-१५, कृषले धन्वन्तरीका काकेश सत्याललाई २१-१९ र २१-११ ले, पारसले धादिङका अश्विन मगरलाई २१-१४ र २१-१३ ले पराजित गरे ।

यसैगरी ललितपुरका सिद्धार्थ महर्जनले चितवनका रमन थापालाई २०-२२, २१-६, २१-१३, कैलालीका शिषिर रानाले धादिङका सलिन गुरुङ्गलाई २१-१७ को समान अन्तरले, जेष्ट ब्याडमिन्टनका क्षितिज खनालले रुपन्देहीका प्रतीक अर्याललाई २१-१२ को समान अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।

यसैगरी गुल्मीका जेनिश थकालीले कैलालीका राहुल चौधरीबाट वाकओभर पाए भने ललितपुरका निर बज्राचार्यले पाल्पाका सचिन तिमल्सिनालाई २१-१९, २१-१३, बाँकेका राजेश बीसीले कपिलवस्तुका सविन श्रेष्ठलाई २१-१८ र २१-१४, सुनसरी ब्याडमिनटन एकेडेमीका बिनय चौधरीले कपिलवस्तुका अभय महरालाई २१-१७ र २४-२२, धादिङका निश्चित श्रेष्ठले जेष्टका अभियान अधिकारीलाई २१-१६ र २१-१९ ले पराजित गर्दै अर्को चरणका लागि स्थान पक्का गरे ।

यसैगरी जेष्टका अमन महर्जनले चितवनका निशान गुरुङ्गलाई २१-१२ र २१-१७, बर्दियाका सचिन चौधरीले धादिङका दिक्षित न्यौपानेलाई २१-१३ र २१-१७, नवलपरासीका सोशन कुमालले बाँकेको निश्चल खवासलाई २१-४ को समान अन्तरले, कपिलवस्तुका साजन कुँवरले धादिङका निश्चल श्रेष्ठलाई २१-१७, १-२१ र  २१-१० ले तथा आर्मीका डेभिड थापामगरले महोत्तरीका मन्शा राज सेर्माबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरणमा स्थान बनाए ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब, २७ जिल्ला तथा अन्य क्लब गरी २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् । पुरुष एकल र राष्ट्रिय २० वरीयताको युगल, राष्ट्रिय २० वरीयता बाहेकका युगल, महिला एकल, छात्र र छात्रा यू १७, पुरुष भेट्रान्स ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी ८ स्पर्धामा प्रतिस्पर्धा गराइएको छ ।

महिला तथा पुरुष एकल स्पर्धाका बिजेता खेलाडीहरुले नगद १ लाख १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५-१५ हजारका दरले प्राप्त गर्नेछन् ।

करिब ४० लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा राष्ट्रिय वरीयताका २० भित्रका खेलाडी बीचको युगल प्रतिस्पर्धामा विजयी खेलाडीहरुले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८ -८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

वरीयतामा २० देखि बाहेकका विजयी खेलाडीहरुले ५० हजार, दोश्रोले २७ हजार र तेश्रोले ७ -७ हजार प्राप्त गर्नेछन् । यु–१७ छात्र तथा छात्रा भेट्रान्स ४५ र ५५ का बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गर्नेछन् । उपबिजयी खेलाडीहरुले १५ हजार र तेश्रो हुनेले ७-७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्य स्पर्धाका विजयी खेलाडीहरुले स्पर्धा अनुसारको ६० हजारदेखि ३० हजार रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment