Comments Add Comment

कोपा डेल रे मा सेभियासँग बार्सिलोना पराजित

२९ माघ, काठमाडौं । स्पानिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

बुधबार राति  भएको खेलमा सेभियाले घरेलु मैदानमा बार्सिलोनालाई २-० ले पराजित गरेको हो ।

सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा युल्स कुन्डेले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी राकिटिचले गोल गर्दै सेभियालाई २-० को जित दिलाए ।

खेलमा बार्सिलोनाले पनि गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।

यस जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनालाई भने फाइनलको समभावना कायम राख्न दोस्रो लेगमा सेभियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।

बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ३ मा क्याम्प नोउमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment