Comments Add Comment

धादिङमा रेफ्री कोर्स सुरु 

२९ माघ काठमाडौं । धादिङमा एन्फा रेफ्री कोर्स सुरु भएको छ । एक सातासम्म चल्ने कोर्स मंगलबार सुरु भएको हो ।

चक्रदेवी कम्युनिटी सोसायटी नेपाल र दी इयर्ली ट्रस्टको आयोजना तथा धादिङ जिल्ला फुटबल संघको संयोजनमा कोर्स सञ्चालन भएको हो ।

पूर्व फिफा रेफ्री लव खत्री, पूर्व फिफा असिस्टेन्ट रेफ्री मधुसुदन खानाल र पूर्व फिफा रेफ्री विरेन्द्र पाण्डेले कोर्स सञ्चालन गरिरहेका छन् । कोर्सलाई रोजन श्रेष्ठले संयोजन गरेका छन् ।

धादिङबाट ३० र चितवनबाट १ गरी कूल ३१ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment