+
+
Shares

अदालतमा विचाराधीन मुद्दामा जुलस निकालेर यही गर भन्दैनौं : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते २०:३९

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् ।

जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने भन्दै उनले भने, ‘जसले ठूलो जुलुस ल्याउँछ, उसकै काम गर्नुपर्‍यो । ओलीको जुलुस ठूलो कि प्रचण्डको जुलुस ठूलो हेर्नुपर्‍यो ।’

प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंगित गर्दै उनले अदालतलाई यही गर भन्न नमिल्ने बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा सभापति देउवाले भने, त्यस्तो काम हामी गर्दैनौं ।’

आफूले भेटेका वकिलहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखेको छैन भनेको भन्दै उनले भने, ‘पाइन्न भनेको छ भने त्यो हुनुपर्छ । त्यसैले अदालतको कुरामा हामी केही नगरौं । दुबैका लागि तयार होऔं ।’

चुनावले प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफू मान्न तयार नभएको समेत देउवाले बताए । संसद पुनर्स्थापना भएपनि डेढ वर्ष पछाडि चुनाव हुने भन्दै देउवाले भने, ‘संसद पुनर्स्थापना भए भूमिका खेलौंला, चुनाव भए चुनावमा जाउँला ।’

उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?