+
+
Shares

फैसलामा संसद बैठकको मिति नै तोक्न सभामुखका वकिलको माग

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ माघ २९ गते १६:२५

२९ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा बैठकको मिति नै तोक्न माग गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले संसद पुनर्स्थापना भए पनि प्रधानमन्‍त्रीले नबोलाए के गर्ने भनी प्रश्न उठाएको भन्दै फैसलामा बैठकको मिति नै तोक्न माग गरेका हुन् ।

‘प्रधानमन्त्रीमा वकिलले संसद पुनर्स्थापना भएर प्रधानमन्त्रीले बैठक बोलाउनुभएन भने के हुन्छ भनेर भन्नुभएको छ । त्यसैले श्रीमान फैसलामा बैठकको मिति नै तोकिनुपर्छ’ उनले भने ।

संसद विघटनसम्बन्धी मुद्दामा बिहीबारसम्म पक्ष र विपक्ष दुबैतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । अब रिट निवेदकको तर्फबाट जवाफी बहस बाँकी छ । त्यसपछि एमिकस क्युरीले बहस गर्नेछ ।

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जवाफी बहस गर्नेहरुको संख्या यकीन गर्न रिट निवेदकहरुलाई आग्रह गरेका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?