+
+
Shares

गोरखामा सवारी दुर्घटनामा १ जनाको मृत्यु १ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १६:४१

२९ माघ, गोरखा । गोरखा नगरपालिका–१२ स्थित नौ किलोमा बस र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा चितवनका ३२ बर्षीय केशव दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गोरखा अस्पतालमा उपचारका लागि ल्याइएका उनको त्यहीँ मृत्यु भएको हो ।

दुर्घटनामा सिरानचोक गाउँपालिका ८ का १७ बर्षीय बिशाल पन्त घाइते भएका छन् । दवाडी र पन्त मोटरसाइकलमा सवार थिए । पन्तको छिम्केश्वरी अस्पतालमा सामान्य उपचार पश्चात चितवनमा उपचार भइरहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

उनका अनुसार गोरखा सदरमुकामबाट नारायणगढ जादै गरेको ग १ ख ४५२२ नम्वरको मिनीबस विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०२ प ६४२२ नम्वरको पल्सर मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?