Comments Add Comment

अभिभावक नभएको मौका छोपी बलात्कार प्रयास

२९ माघ, विराटनगर । विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबार साँझ टोलबासीले कब्जामा लिई प्रहरीको जिम्मा लगाएका हुन् ।

घर जग्गा किनबेचको कारोबार गर्दै आएका प्रधान बुधबार दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन एउटा घरमा पुगे । घरमा दुई दिदीबहिनी मात्र रहेको थाहा पाएपछि उनी पुनः साझ पनि त्यस घरमा पुगेका थिए । बेलुका घरमा रहेका दुई दिदीबहिनीलाई जबर्जस्ती गर्न खोजेपछि टोलबासीले कुटपिट गरेर प्रहरीमा बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रधानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

छिमेकीका अनुसार पीडित युवतीका बुबा अमेरिकामा बस्दै आएका छन् । आमा पनि अमेरिका नै जाने तयारीमा छन् । अमेरिका जाने भएपछि घर बेच्न खोजेका थिए । घर बिक्री गर्नका लागि चिनजानकै प्रधानलाई आग्रह गरेका थिए । बुधबार दिउँसो ग्राहकलाई घर देखाउन प्रधान पुगे । ती छिमेकीका अनुसार आमा नभएको थाहा पाउदा पाउँदै बेलुका घरमा आई १७ वर्षीया किशोरीमाथि करणीको प्रयास गरे ।

किशोरीले प्रतिकार गरेपछि भेला भएका स्थानीयले निर्घात कुटिपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment