Comments Add Comment

तीनवटा सांस्कृतिक सम्पदा परियोजनाका लागि  १४२ करोड

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरुले आज तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता इन्ट्याक, केन्द्रीय आयोजना कार्यान्वयन इकाई -भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर सम्पन्न भएको हो । ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं वडा नम्बर न. २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन् । नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन् ।

सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्वपूर्ण जीवित सम्पदा हो जुन काठमाडौंको जनबहालमा अवस्थित छ । काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक उक्त सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्घ दुवै धर्मावलम्बीहरुले पूजा आराधना गर्दछन् । करिब नेरु. ६२.६ करोडको लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिनेछ ।

रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छेँ नेवार बौद्व समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रितिरिवाजहरुमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ । कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम् विकासका लागि करिब नेरु. ४५.६ करोड लाग्नेछ ।

दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ ।

यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि इन्ट्याकलाई परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा चयन गरिएको छ । यी परियोजनाहरुको निर्माणमा इन्ट्याकले नेपाल सरकारका अधिकारीहरुसँग मिलेर काम गर्नेछ ।

स्थानीय रुपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिरभित्रकै परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो ।

करिब नेरु. ३३.४ करोडको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ । उक्त पवित्र मन्दिरमा पाल्नुहुने पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब नेरु. २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment