Comments Add Comment

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

३० माघ, काठमाडौं । तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने बताएकी छन् ।

उपराष्ट्रपति पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्‍याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको वर्तमान जटिल अवस्थासँगै विभिन्न असमानता, विभेद र उत्पीडनको अन्त्य गर्न र अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रुपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस भन्दै शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment