+
+
Shares

‘सत्यम्’को कथामा राजेशको ध्यान

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते १३:३१

चलचित्र ‘सत्यम्’मा नायक राजेश हमाल अनुवन्धित भएको खबर सार्वजनिक भयो । ४ बर्षपछि राजेश हमाल ठूलो पर्दामा फर्किने तयारी गर्दै गर्दा उनका फ्यानहरु खुशी भए । यसको निर्माणपक्षले हमाल अनुवन्धित भएको खबर सार्वजनिक गरेपनि हमाल आफैले भने यसको बिषयमा केही पनि बताएका थिएनन् ।

उनै, हमालले पहिलो पटक सामाजिक संजालमा तस्वीर शेयर गर्दै चलचित्रको कथामा काम हुँदै भनेर उल्लेख गरेका छन् । हमालले आफैले चलचित्रमा काम गर्न लागेको औपचारिक जानकारी गराएका छन् ।

लगातार चलचित्र असफल भएपछि हमालले केही समय ब्रेक लिएका थिए । यसैले पनि उनका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको बक्स अफिस कमाइले उनको आगामी करिअरको बाटो देखाउनेछ ।

शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । राजेश हमालले स्क्रिप्ट नै हेर्दैनन् भन्ने आरोप लाग्ने गरेको थियो । तर, यसपटक हमाल स्क्रिप्टमा समय दिएर घोत्लिनुले पनि उनका लागि यो चलचित्र कती महत्वपूर्ण छ भन्ने वुझाउछ ।

चलचित्रमा राजेशसँगै पल शाह र अनुप विक्रम शाहीले काम गर्ने पक्का भैसकेको छ । नायिका उपासना सिंह ठकुरीले काम गर्ने चर्चा भएपनि उनले लिखित संझौता भने गरेकी छैनन् । यो चलचित्रको छायांकन फागुणको अन्तिम साताबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?