+

दोस्रो चरणको प्रशिक्षणमा २० क्रिकेटर, पृथु पनि अटाए

२०७७ फागुन  १ गते २०:४४ २०७७ फागुन १ गते २०:४४
दोस्रो चरणको प्रशिक्षणमा २० क्रिकेटर, पृथु पनि अटाए

१ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।

पहिलो चरणमा ३२ खेलाडीको प्रारम्भीक टोली बनाए पनि २१ जनालाई प्रशिक्षणमा समावेश गरेको थियो । बाँकी ११ खेलाडीले प्रशिक्षण गरेका थिएनन् ।

पहिलो चरणको प्रशिक्षणमा समावेश ९ खेलाडीसहित अब २० जनाले दोस्रो चरणमा प्रशिक्षण लिनेछन् । पहिलो चरणबाट छानिने खेलाडीमा कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, विक्रम सोब, सन्दिप जोरा, पृथु बास्कोटा र शहाब आलम छन् ।

यस्तै आरिफ शेखको स्थानमा बसन्त रेग्मी टिममा छन् । आरिफ प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ विरुद्ध खेल्ने क्रममा घाइते भएका थिए ।

दोस्रो चरणको प्रशिक्षण भोलि आइतबारदेखि सुरु हुनेछ ।

क्यान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय