Comments Add Comment

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

२ फागुन, काठमाडौं । दाङको तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड-माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् ।

यसैगरी वाणिज्य उपाध्यक्षमा तत्कालीन माओवादी निकट मिनराज भण्डारी र खुला उपाध्यक्षमा तत्कालीन एमाले निकट रुपबहादुर खत्री विजयी भएका छन् ।

नेकपा देशभर विभाजित अवस्थामा पुगेको बेला तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र प्रचण्ड-माधव समूह संयुक्त प्यानल बनाएर प्रजातान्त्रिक समूहसँग चुनाव लडेका थिए ।

प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत पाए । ओली निकट चालिसेले अर्का प्रत्यासी हिमाल बस्नेतलाई ३४ मतले हराए ।

उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए ।

वाणिज्य उपाध्यक्ष निर्वाचित तत्कालीन माओवादी निकट भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।

खुला उपाध्यक्षमा निर्वाचित तत्कालीन एमाले निकट रुपबहादुर खत्रीले ८५६ मत पाए । उनका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले ६९२ मत पाएका छन् ।

महासचिव विनिल केसी १ हजार ५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याए । विनिल र केशवराज दुवै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।

सचिवमा खुसलराम शर्मा ६२२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी वेदप्रसाद ओलीले ३२७ मत पाए । सचिव पदका लागि एक महिलासहित चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

कोषाध्यक्ष पदमा देवबहादुर केसी १ हजार ५५ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस निकट भए पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

केसीले पदाधिकारीहरुमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसकै डिलबहादुर ओलीले ४६८ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment