+
+
Shares

सांगठनिक सुधारका विषयको दीर्घकालीन कार्यान्वयनमा प्रधानसेनापतिको चासो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १३:२८

२ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र सुधार गरिएका विषयहरुको दीर्घकालीन कार्यान्वयनमा चासो देखाएका छन् । कार्यकालको तेस्रो वर्ष सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेका थापाले संगठन सञ्चालन प्रक्रियामा गरिएका सुधार र सकरात्मक कदमको निरन्तरताका लागि अभियान थालेका हुन् ।

यसैका लागि थापाले आइतबार जंगीअड्डामा चार दिने संगठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपन सम्बन्धी गोष्ठी सुरु गरेका छन् । भविष्यमा पनि कार्यान्वयनमा ल्याइने सकरात्मक कार्यक्रमहरुको दिगोपनलाई सुनिश्चित गर्न यो कार्यक्रम गरिएको जंगीअड्डाको भनाइ छ ।

कार्यक्रममा विशेषतः भावी पुस्ताको नेतृत्व गर्ने वर्गलाई सहभागी गराइएको छ । सेनामा कायम रहेका पद्धति र प्रणालीलाई सुदृढ गर्दै लैजानका लागि उनीहरुलाई राखेर कार्यक्रम गरिएको भनिएको छ । उद्घाटन सत्रमा बोल्दै प्रधानसेनापति थापाले संगठनको भविष्य वर्तमानमा निर्भर हुने बताउँदै परिवर्तन दिगो हुनुपर्नेमा जोड दिएका छन् ।

रक्षा मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसमेत सहभागी कार्यक्रममा संगठन सञ्चालन र परिवर्तन व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा गैरसैनिक विषय विज्ञहरु तथा सैनिक अधिकृतहरुबाट पनि प्रेटेन्टेसन, अन्तरक्रिया र छलफल हुने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

उनका अनुसार सेमिनार सकिएपछि छलफलमा भएका विषयहरुबाट निस्किने निचोडलाई समेटेर प्रतिवेदन समेत प्रकाशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?