+
+
Shares

संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २ गते १३:५४

२ फागुन, सुर्खेत । संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा आएका छन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस पाँचगते गरेकोे संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध र्‍याली निकालेर प्रर्दशन गरेका हुन् ।

वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो ।

उनीहरुले ‘असंवैधानिक कदम खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘संघीय लोकतान्त्रिक गनतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, पेसागत एकता जिन्दावाद’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रेसप्रतिको धम्की बन्द गर, संविधानको रक्षा गर,’ लगायत लेखिएका प्लेकार्डसमेत प्रर्दशन गरेका छन् ।

असंवैधानिकरुपमा गरिएको संसद विघटनको प्रतिगामी कदम र प्रेस स्वतन्त्रता विरोधी हर्कतहरूका विरुद्ध एउटै व्यानरमा आन्दोन गरिएको प्रेेस संगठन कणर्ाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

कोणसभालाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय नेता शिव लम्सालले केपी ओली नेतृत्वको सरकार गठन भएदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुन्ठित गर्ने कामको सुरु भएको बताए ।

त्यस्तै प्रेस संगठनका केन्द्रीय नेताद्वय बलराम थापा र सइन्द्र राईले पत्रकार सम्बद्ध पेसागत संगनठहरु एकठाउँमा उभिएर सरकारको असंवैधानिक कदम र प्रेस स्वतन्त्रता विरोधी कदमविरुद प्रतीकार गर्ने बेला आएको बताए ।

प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, नेपाल प्रेस, प्रेस सोसाइटी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज कणर्ाली प्रदेश, राष्ट्रिय दलित पत्रकार संघ र नेपाल आदिवासी पत्रकार महासंघले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?