Comments Add Comment

न्युजिल्याण्डको अकल्याण्डमा लकडाउन

२ फागुन, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले आइतबार त्यहाँको सबैभन्दा ठूलो सहर अकल्याण्डमा तीनदिने लकडाउनको घोषणा गरेकी छिन् ।

कोरोना भाइरस (कोभिड–१९) का तीन स्थानीय संक्रमित फेला परेसँगै अर्डनले अकल्याण्डमा लकडाउनको घोषणा गरेकी हुन् । सोमबारदेखि लागू हुने यो लकडाउन बुधबारसम्म रहनेछ ।

जनवरी अन्तिमयता न्युजिल्याण्डमा कोरोनाका स्थानीय संक्रमित फेला परेका थिएनन् । आइतबार विदेशबाट फर्किएका र क्वारेन्टिन अवधि पूरा गरेका मानिसको परीक्षणमा कोरोना पोजेटिभ पाइएको हो । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले अहिले पोजेटिभ पाइएका कोरोना संक्रमितको स्वाबमा थप परीक्षण भइरहेको बताए । उनीहरुमा देखिएको संक्रमण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) हो वा होइन भन्ने पत्ता लगाउन थप परीक्षण गरिएको हो ।

प्रधानमन्त्री अर्डनले यसअघि पनि न्युजिल्याण्डले प्रभावकारी रुपमा लकडाउन गरेर कोरोना नियन्त्रण गरेको भन्दै यसपटक पुनः कोरोना नियन्त्रणका लागि लकडाउनको आवश्यकता परेको बताइन् ।

यसअघि जनवरीमा पनि दुई महिनाभन्दा लामो समयपछि न्युजिल्याण्डमा कोरोना संक्रमित फेला परेका थिए । आगामी सातादेखि न्युजिल्याण्डले मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment