Comments Add Comment

कांग्रेसले भन्यो- सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को

अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ ।

व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’

सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो भन्दै कांग्रेसले यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गरेको छ । कांग्रेसले विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ता युवा पुस्तालाई जागरुक हुन आह्वानसमेत गरेको छ ।

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आज सरकारविरुद्ध देशभर गर्न लागिएको विरोध प्रदर्शनमा यो मुद्दालाई पनि उठाउने प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस संसदमा विरोध भएको विधेयकभन्दा अझै नियन्त्रणकारी निर्देशिका ल्याइँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment