३ फागुन, काठमाडौं । भ्यालेन्सियालाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगामा एक दिनपछि नै दोस्रो स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ले रहायो ।
घरेलु मैदानमा रियलका लागि करिम बेन्जामाले १२औं र टोनी क्रुसले ४२औं मिनेटमा गोल गरे ।
जितपछि २३ खेलबाट ४९ अंक जोड्दै रियलले बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । रियल अझै लिग लिडर एट्लेटिको मड्रिडभन्दा ५ अंकले पछि छ ।
२१ खेलबाट ५४ अंकसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4