Comments Add Comment

औवामेयाङको ह्याट्रिकमा आर्सनलको जित

३ फागुन, काठमाडौं । पिएरे एमरिक औवामेयाङको ह्याट्रिक प्रेरित आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४-२ ले पराजित गरेको छ । घरेलु मैदान एमरिट्स स्टेडियममा भएको खेलमा लण्डन क्लबले पहिलो हाफमै ३ गोल गरेको थियो ।

औवामेयाङले खेलको १३औं र ४१औं मिनेटमा गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तयतिर हक्टर बेलेरिनले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए । ४७औं मिनेटमा औवामेयाङले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्सनलले ४-० को अग्रता बनायो ।

लिड्सका लागि पास्कल स्टुजिकले ५८औं र हेल्डर कोस्टाले ६९औं मिनेटमा गोल फर्काए ।

जितपछि २४ खेलबा६ ३४ अंक जोड्दै आर्सनल १०औं स्थानमा उक्लेको छ । २३ खेलबाट ३२ अंकसहित लिड्स ११औं स्थानमा छ ।

सातौं स्थानको एभरटन भने रेलिगेनस जोनमा रहेको फुलहमसँग २-० ले पराजित भयो । एभरटनलाई उसैको मैदानमा पराजित गर्न फूलहमका लागि जोस माजाले दुवै गोल गरे । उनले ४८औं र ६५औं मिनेटमा गोल गरे ।

एभरटन २२ खेलबाट ३७ अंकसहित सातौं स्थानमा छ । फूलहम २३ खेलबाट १८ अंक जोड्दै पुछारबाट तेस्रो अर्थात १८औं स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment