+
+
Shares

मौद्रिक नीतिको समीक्षापछि सेयर बजार उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १५:०९

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएकाे मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेको भाेलिपल्ट साेमबार सेयर बजार परिसूचक नेप्से बढेको छ ।

लघुवित्त समूहकाे सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह देखिएको छ । मौद्रिक नीतिले सेयर धिताे कर्जामा कडाइ गर्ने चर्चा चलेको थियाे तर सेयर धिताे कर्जाकाे विद्यमान व्यवस्था यथावत राखेको छ ।  यसले पनि बजारलाई सकारात्मक असर परेकाे हाे ।

साेमबार सेयर काराेबार मापक नेप्से परिसूचक ९२.४२ अंकले उकालाे लागेर २ हजार ५ सय ८६ दशमलव ०१ अंकमा पुगेको छ । काराेबार रकममा उत्साह नै देखिएको छ । दिनभर २ कराेड २४ लाख भन्दा धेरै कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३८ कराेड ४१ लाख रुपैयाँ माथि काराेबार पुगेको छ ।

सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा पनि लघुवित्त वित्तीय संस्थाकै लगानीकर्ताहरु देखिएका छन् । सबै समूहका सबइन्डेक्सहरु बढेर हरियाली छाएका छन् । नेप्सेमा सूचीकृत २१५ कम्पनी मध्ये ६ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

हेर्नुस धेरै कमाउने कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?