Comments Add Comment

आश्विनको पाँचौं टेष्ट शतकमा भारत बलियो स्थितिमा

३ फागुन, काठमाडौं । रविचन्द्र आश्विनले टेष्ट क्रिकेटमा पाँचौं शतक प्रहार गरेका छन् । इंग्ल्याण्ड विरुद्ध चेन्नाइमा भइरहेको दोस्रो टेष्टको दोस्रो इनिङ्समा आश्विनले शतक प्रहार गरेका हुन् ।

आश्विनले ८२औं ओभरको पाँचौ बलमा मोइन अलीलाई चौका प्रहार गर्दे करियरको पाँचौं टेष्ट शतक पूरा गरे । त्यसका लागि उनले १३४ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे ।

आश्विनले शतक प्रहार गरेपछि भारत दोस्रो टेष्ट जित्न बलियो अवस्थामा पुगेको छ । तेस्रो सेसनको खेल जारी रहँदा भारतले ४७१ रनको अग्रता बनाइसकेको छ । भारतले पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो भने इंग्ल्याण्ड १३४ रनमा अलआउट भएको थियो । आश्विनले बलिङमा ५ विकेट लिका थिए ।

आश्विनले २८, ५६ र ७१ रन बनाउँदा क्याच ड्रप भएको थियो ।

आश्विनले कप्तान विराट कोहलीसँग सातौं विकेटका लागि ९६ रनको साझेदारी गरे । कोहली ६२ रन बनाएर आउट । इंग्ल्याण्डका लागि मोइल अली र ज्याक लिचले समान ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment