Comments Add Comment

भागरथी हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग

४ फागुन, काठमाडौ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन् ।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले मंगलबार घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने क्रममा सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने बताएका हुन् ।

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसँगको छलफलपछि नेता महरले भने, ‘डीआईजी सुवेदीले आफूहरु अपराधीको नजिक पुगिसकेको दाबी हामीसँग गर्नुभएको छ । एकहप्ताभित्र नै घटनामा संलग्नलाई सार्वजनिक गर्ने गरी अनुसन्धान अघि बढीरहेको जानकारी समेत गराउनु भएको छ ।’

कांग्रेसले घटनाको स्थलगत अवलोकन एवं अध्ययनका लागि नेता रमेश लेखकको नेतृत्वमा केन्द्रीय प्रतिनिधि टोली नै बैतडी पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment