Comments Add Comment

इंग्ल्याण्डविरुद्ध दोस्रो टेष्टमा भारतको शानदार जित

४ फागुन, काठमाडौं । रविचन्द्र आश्विनको अलराउण्ड प्रदर्शन प्रेरित भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा शानदार जित हात पारेको छ । चेन्नाइमा भएको खेलमा चौथो दिनमै जित हात पारेको भारतले इंग्ल्यान्डलाई ३१७ रनले पराजित गरेको हो ।

यस जितपछि घरेलु टोली भारतले ४ खेलको सिरिजमा १-१ को बराबरी समेत गरेको छ। पहिलो टेष्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो ।

दोस्रो टेष्टमा भारतले दिएको ४८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङ्समा ५४.२ ओभरमा १६४ रनमै अलआउट भयो ।

५३-३ बाट चौथो दिनको खेल अघि बढाएको इंग्ल्याण्डले थप १११ रन जोड्दा ७ विकेट गुमाएको हो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान जोए रुटले ३३, डान लरेन्सले २६ र रोरी ब्रुन्सले २५ रन बनाए ।

इंग्ल्याण्डलाई अलआउट गर्न भारतका अक्सर पटेलले ५ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए ।

यसअघि आश्विनको १०६ रन मद्दतमा भारतले दोस्रो इनिङ्समा २८६ रन बनाएको थियो ।

चेन्नाइको एम चितम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो । इंग्ल्याण्ड पहिलो इनिङ्समा १३४ रनमा अलआउट भएको थियो ।

दोस्रो टेष्टमा ब्याटिङ ११६ रन बनाउनुका साथै बलिङमा ८ विकेट लिएका भारतका आश्विन प्लेअर अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment