
काठमाण्डौमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’को नोमिनेशन कार्यक्रममा नायिकाद्धय मलिका महत्त र जाहान्वी बस्नेत एकसाथ पुगे । मलिका र जाहान्वीको मित्रता चलचित्र ‘यात्रा’बाट सुरु भएको हो । यो चलचित्रमा एकसाथ काम गरेपछि सुरु भएको दुइको बोन्डिङ अहिले पनि उस्तै छ ।
जाहान्वीले भनिन्–‘हाम्रो मित्रता यात्रामा काम गर्दादेखि नै सुरु भएको हो । फोनमा बारम्बार कुरा गर्ने, फेसबुकमा सन्देश पठाउने भन्ने खासै हुँदैन । तर, हामी भेटेपछि भने निकै नै मिल्छौ ।’ जाहान्वी प्रमाणपत्र लिन स्टेज चढ्दै गर्दा मलिका उनको तस्वीर लिनमा व्यस्त थिइन् । मलिकाले प्रमाणपत्र लिन स्टेज चढेको बेलामा जाहान्वीले पनि उनको तस्वीर र भिडियो लिइन् ।
मलिकाको चर्चा अहिले चुलिएको छ । जाहान्वीले भनिन्–‘मलिकाले यात्रामा काम गर्दा नै मैले उनको भविष्य सुन्दर छ भनेर अनुमान गरिसकेको थिएँ । उनी, निकै नै राम्रो अभिनय गर्छिन् ।’
जाहान्वीको बोलिरहने बानी छ भने मलिका कम बोल्छिन् । तर, पनि यी दुईको मित्रता भने लोभलाग्दो नै छ ।
प्रतिक्रिया 4