Comments Add Comment

फाप डु प्लेसिसले लिए टेष्ट क्रिकेटबाट सन्यास

५ फागुन, काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । डु प्लेसिसले बुधबार आफ्नो अफिसियल इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले अब नयाँ च्याम्पर सुरु गर्ने समय आएको बताएका छन् ।

दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट खेलेका उनले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेष्टमा डेब्यु गरेका थिए ।  ३६ वर्षीय डु प्लेसिसले टेष्टमा १० शतक र २१ अर्धशतक प्रहार गरेका छन् ।

सन् २०१६ मा टेष्ट टिमको कप्तान बनेका डु प्लेसिसले २०२० मा कप्तानी पद छाडेका थिए ।

१४३ ओडिआई र ५० टी-२० आई खेलेका डु प्लेसिसले सीमित ओभरको क्रिकेट भने खेल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment