+
+

जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १६:४२

५ फागुन, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको छ ।

प्रादेशिक अस्पताल परिसरभित्र अवस्थित भवनमा स्थापना गरिएको प्रतिष्ठानको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रष्ठिानलाई प्रदेश सरकारले प्रादेशिक गौरवको रुपमा अगाडि बढाउने बताए ।

प्रदेशमा स्वास्थ्यको हिसाबले जनताको सहज किसिमले सबै रोगको उपचार यही अस्पतालभित्र गर्ने वर्षैंको आकांक्षालाई पूरा गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रदेशको स्वास्थ्य इतिहासमा प्रदेश सरकारबाट गरिएका सबैभन्दा महत्वपूर्ण कार्यको लिस्टमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको भन्दै उनले यो स्थापनासम्म सहयोग पुर्‍याउने प्रदेश सरकारका सबै मन्त्रीहरु, प्रदेश सभाका सभामुख लगायत सबै राजनीतिक दलका नेताहरुको भूमिका महत्वपूर्ण भएको बताए ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्त्री बनेपछिकै आफ्नो पहिलो उद्देश्य यही रहेको र आज पूरा भएकोमा एकदमै खुसी लागेको बताए । प्रदेशका जनताको उपचार प्रदेशमै सम्भव होस् भन्ने हेतुले नै प्रतिष्ठानको स्थापना गरिएको बताउँदै उनले यसै वर्षौंदेखि एमबीएसको पढाइ सञ्चालन गर्नेतर्फ कार्य भइरहेको बताए ।

प्रदेश सरकारले यसअघि १८ माघमा प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिस्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?