
५ फागुन, चितवन । नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षमा पार्वती रावल चयन भएकी छन् । ओली पक्षको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्षको जिम्मेवारी दिएको हो । बैठकले नेता प्रकाश खनाल शैलेशलाई सचिवकाे जिम्मेवारी दिएको छ ।
रावल तत्कालीन एमालेकाे जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका हुन् । बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयाेजक कमिटी गठन गरेकाे छ । कमिटीका सबै सदस्यहरूकाे सपथ ग्रहण फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।
साथै बैठकले नीति सिद्धान्त आदर्श र पार्टी एकता विराेधि गतिविधिमा संलग्न भएकाे आराेप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई जिम्मेवारीबाट हटाइएकाे नेकपा केन्द्रीय सदस्य पुरूषाेत्तम न्याैपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4