६ फागुन, काठमाडौं । अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने भएका छन् ।
चेन्नाईमा भइरहेको अक्सनमा बैंगलोरले म्याक्सवेललाई १४.२५ करोडमा अनुबन्ध गरेको छ । म्याक्सवेललाई अनुबन्ध गर्न चेन्नई सुपर किंग्स र बैंगलोरको कडा प्रतिस्पर्धा भएपनि अन्तिममा बैंगलोरले बाजी मारेको हो ।
म्याक्सवेलले १३ औं संस्करणको आईपीएल पञ्जाबबाट खेलेका थिए । तर नयाँ सिजनअघि उनलाई पञ्जाबले रिलिज गरेको थियो ।
यस्तै अर्का अष्ट्रेलियन क्रिकेट स्टिम स्मिथले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने भएका छन् । दिल्लीले स्मिथलाई २ करोड २० लाख भारुमा अनुबन्ध गरेको हो ।
यस्तै कोलकता नाइट राइडर्सले बंगलादेशी अलराउण्डर शकिब अल हसनलाई ३ करोड २० लाखमा टिममा भित्र्याएको छ ।
प्रतिक्रिया 4