+
+

ओली समूहले विराटनगरमा शनिबार सभा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १८:४५
आमसभा स्थलको तयारी गरिँदै ।

६ फागुन, विराटनगर । नेकपा ओली समूहले विराटनगरमा शनिबार प्रदेश १ स्तरीय आमसभा गर्ने भएको छ ।

ओली समूहले सरकारको समर्थन र निर्वाचनको पक्षमा महोल बनाउन विभिन्न जिल्लामा आमसभा गर्दै आइरहेको छ । सोही क्रममा आोली समूहले विराटनगर– २ स्थित विराट नर्सिङहोमदेखि करिब एकसय मिटर पूर्वतर्फ रहेको खाली जग्गामा आमसभा गर्ने तयारी गरेको हो ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक कमिटीका सदस्य समेत रहेका सागर थापाले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?