+
+

संविधान मिच्नेलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व कांग्रेसको काँधमा : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते ८:५९

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार विधिको नभई हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको बताएका छन् ।

प्रजातन्त्र दिवस मनाइरहँदा संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व नेपाली कांग्रेसको काँधमा आएको पनि उनले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेता सिंहले भनेका छन्, ‘अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको छ ।’

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा छ । त्यस्तै पार्टीका गतिविधि पनि प्रजातान्त्रिक तवरबाट अगाडि बढाउनु पर्ने दायित्व हामीमा छ ।’ समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाएर आन्तरिक प्रजातन्त्र मजबुत गर्नुपर्ने चुनौति रहेको उनको भनाइ छ ।

नेता सिंहले प्रजातन्त्रका पक्षमा अनवरत उभिने तागत सबैमा रहिरहोस् र विधिको शासन बलियो बन्दै जाओस् भन्दै सबैमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?