+
+

सुनको मूल्य तोलामा एक हजारले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १३:०५

७ फागुन, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।

बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सुनको भाउ बढ्नुको कारण अमेरीकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेपछि कोभिड प्रभावितकालगि घोषणा गरेको सहुलियत प्याकेज भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डलर थप मजबुत बन्दै जानु, लगानीको वातावरण सहज बन्नु जस्ता कारणले सुनमा गरिने लगानी घटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?