Comments Add Comment

सरकारले लोकतन्त्रमाथि प्रहार गर्‍यो : प्रदीप पौडेल

फाइल तस्वीर

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चिएर लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् ।

नुवाकोटमा शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसद् विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।

उनले भने, ‘लामो संघर्षपछि लोकतन्त्र ल्याएका थियौं । तर तीन वर्षमै ओलीले संसद विघटन गरेर लोकतन्त्रमाथि प्रहार गरे ।’

केपी शर्मा ओलीसँग उखान टुक्का भन्ने क्षमता मात्रै रहेको भन्दै नेता पौडेलले नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना उनले ल्याउन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment