Comments Add Comment

एपीएफकी सरु लिम्बु महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी

७ फागुन, काठमाडौं । एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकाे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वाेत्कृष्ट घाेषित हुँदै स्कुटर प्राप्त गरिन् ।

एपीएफले शुक्रबार लिगकाे अन्तिम खेलमा आर्मीलाई ३-० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेकाे हाे ।

यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर, आर्मीकी विमला चाैधरी उत्कृष्ट मिडफिल्डर तथा एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घाेषित भए । एपीएफकै भगवती थापा उत्कृष्ट प्रशिक्षक घाेषित भइन् ।

कसले कति पुरस्कार पाए ?

विजेता : एपीएफ १५ लाख रुपैयाँ

उपविजेता : त्रिभुवन आर्मी क्लब ८ लाख रुपैयाँ

तेस्राे : नेपाल पुलिस क्लब ५ लाख रुपैयाँ

चाैथाे : वालिङ नगरपालिका ३ लाख रुपैयाँ

फियर प्ले अवार्ड : चन्द्रपुर नगरपालिका १ लाख ५० हजार रुपैयाँ

विधागत उत्कृष्टहरु :

बेस्ट प्लेअर : सरु लिम्बु (एपीएफ) स्कुटर पुरस्कार

बेस्ट गाेलकिपर : उषा नाथ ( नेपाल पुलिस क्लब)

बेस्ट डिफेण्डर : अमृता जैसी ( नेपाल पुलिस क्लब)

बेस्ट मिडफिल्डर : विमला चाैधरी (आर्मी)

बेस्ट फरवार्ड : सावित्रा भण्डारी (एपीएफ)

बेस्ट काेच : भगवती थापा (एपीएफ)

उत्कृष्ट सबैलाई नगद ५० हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment