Comments Add Comment

इरानको न्युक्लियर सम्झौताबारे वार्ता सुरु गर्न अमेरिकाको प्रस्ताव

Photo Credit : Reuters

७ फागुन, काठमाडौं । अमेरिकाले सन् २०१५ मा भएको इरान सम्झौता ब्युँताउने वार्ताका लागि तयार रहेको बताएको छ । इरानलाई आणविक हतियार बनाउनबाट रोक्न पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याउन तयार रहेको अमेरिकाले बताएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार युरोपेली मुलुकसँगको कुराकानीमा सम्झौतामा इरान पूर्णरुपमा प्रतिबद्ध देखिए अमेरिका आधिकारिकरुपमा उक्त सम्झौतामा फर्किने बताएका हुन् । अमेरिकाले यस विषयमा विभिन्न ६ पक्षसँग अनौपचारिक वार्ता सुरु गरिने बताएको छ । यद्यपि इरानले भने यो सम्झौतामा कुनै पनि पक्ष थपघट नहुने बताएको छ । इरानको विदेशमन्त्रालयका प्रवक्ता सइद खतिब्जादेहले यो सम्झौतामा कुनै पनि पक्ष थप नहुने स्पष्ट पारेका हुन् ।

इरानले पछिल्लो समय सन् २०१५ मा भएको सम्झौता उल्लंघन गर्दै युरेनियम संवर्धन बढाउँदै आएको छ । इरानले सबैभन्दा पहिला ईयू र अमेरिकाले यो सम्झौताको सबै शर्तहरु पालना गर्नुपर्ने बताएको छ । साथै इरानले सबै पक्षले यो सम्झौता पालना नगरेको अवस्थामा आइतबार नियमनकारी निकायले गर्ने निरीक्षणको कार्य पनि रोक्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment