Comments Add Comment

कोभिड-१९ महामारीका अपरिचित हिरोहरु

कोभिड-१९ महामारीले विश्वभर स्वास्थ्य र अर्थतन्त्रमा अभूतपूर्व चुनौतीहरु ल्याएको छ । यसले एक झलकमै पूर्ण रूपमा हाम्रो जीवन तथा दैनिक तालिकालाई परिवर्तन गर्‍योे ।

र, स्वास्थ्यकर्मीसँगै यो अशान्तिपूर्ण समयमा स्थिर रहन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख कामदारहरूतर्फ बहादुर छविलाई खिच्यो । विश्वव्यापीरुपमा हामीलाई सुरक्षित राख्न स्वास्थ्यकर्मीहरू र स्वयम्सेवकहरूलेे गरेको प्रयास र शाहसको लागि प्रशंसा गरियो ।

तर, अग्रपतिंका स्वास्थ्यकर्मीहरू बाहेक त्यहाँ महामारीको समान जोखिममा एम्बुलेन्स ड्राइभहरू, प्रयोगशालामा काम गर्ने व्यक्तिहरू, स्वाब संकलनकर्ताहरू, क्वारेन्टीन केन्द्रहरूमा काम गर्नेहरू, आवश्यक वस्तुहरूको कारखानामा काम गर्ने कामदारहरू र सफाईकर्मीहरू पनि थिए ।

यद्यपी तिनीहरूले हामी लगायत वातावरणलाई सुरक्षित राख्न समर्पित ढंगले काम निरन्तर गरिरहेका थिए । ती व्यक्तिहरू हुन् जसले हाम्रो फोहोर उठाए, स्वाब संकलन गरे, क्वारेन्टाइन केन्द्रहरू सफा गरे र उच्च जोखिम भएका बिरामीहरूलाई अस्पतालहरू लगे ।

अभूतपूर्व जोखिमको बीचमा उनीहरूको महत्वपूर्ण कामको बावजुद उनीहरू धेरै हदसम्म अपरिचित थिए । यी वास्तविक जीवनका नायकहरू हुन् जसलाई सायदै कसैले सम्मान गरे तर पनि उनीहरू आफ्नो काममा सामना गरिरहेका सुरक्षा चुनौतीहरूको बाबजुद यी असामान्य समयमा प्रशंसनीय कार्य गरिरहेका थिए ।

कोभिड-१९ को विरूद्ध लडाईमा बिरामीहरूलाई उनीहरूको घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म पु्र्याउने एम्बुलेन्स ड्राइभरहरू अग्रपंतिका योद्धाहरू हुन् जो यस रोगको उच्च जोखिममा छन् ।

एम्बुलेन्स चालकहरु दिनभर सम्भावित टच पोइन्टहरूको साथ उच्च जोखिम बिरामीहरू बोक्छन् र प्रत्येक यात्राको साथ जोखिमको स्तर बढ्दै जान्छ । यद्यपि, तिनीहरूले निडरतापूर्वक र प्रशंसनियरुपमा साथ आफ्नो कार्यहरू पूरा गरेका छन् ।

झापा डीसीका एम्बुलेन्स चालक दान बिक्रम थापाले भने, ‘बिरामीहरू जे भए पनि अस्पतालमा उनीहरूलाई पुर्‍याउनु हाम्रो काम हो । यद्यपि हामी भाइरस सर्ने डरले ससंकित थियौं तर हामीलाई थाहा थियो यो भाइरस विरुद्धको लडाई लड्न हामीले सक्दो गर्नुपर्ने समय हो । नेपाल रेडक्रस सोसाइटी र कोका-कोला जस्ता संगठनहरूले हाम्रो सुरक्षा सुनिश्चित गर्न सुरक्षा सामग्रीहरु प्रदान गरेकाले हामीलाई महामारीको बिरूद्ध लड्न वास्तवमै नैतिक समर्थन वृद्धि गरेको छ ।’

झापा डीसीका एम्बुलेन्स चालक दान बिक्रम थापाले भने, ‘कोभिड -​​१९महामारीको दौरान लकडाउनको शुरुका दिनहरूमा हामी चालकहरूले कोभिड-​​१९ पोजेटिभ बिरमीहरु बोक्न हिचकिचायौं । यसैबीचमा जब हामीले डिस्टि्रक्ट च्याप्टरबाट कोका-कोला फाउन्डेसनको सहयोेगबाट सामग्रीहरु प्राप्त गर्यौ, यसले हामीलाई काममा विश्वास प्राप्त गर्न मद्दत गर्‍यो र त्यसपछि हामीले आवश्यक कोभिड-​​१९ पोजेटिभ बिरामीहरूलाई एम्बुलेन्स सेवाहरू प्रदान गर्न जारी राख्यौं । हामी कोभिड-​​१९ पोजेटिभ बिरामीहरूको ओसारपसारमा आवद्ध भयौं र अहिले हामी जिल्लामा यस बिरामीहरुको सबैभन्दा बढी सेवा पुर्याउने एम्बुलेन्स सेवा प्रदायक हौं । हाम्रो सेवाका लागि जिल्लाको कोभिड-​​१९ विपद व्यवस्थापन समितिका अध्यक्षले हामीलाई सम्मान गर्नुभएको थियो र यो कार्यमा सहभागी हुन पाएकोमा हामी गर्व गर्दछौं । मैंले उपयुक्त पीपीईहरू प्रयोग गरे पछि सुरक्षित महसुस गर्दै मनोवैज्ञानिक ढंगबाट पनि दृढ भएर सफलतापूर्वक मेरो सेवामा सामेल भएको छु । यो सहयोगका लागि म धेरै आभारी छु ।’

कोभिड-१९ को नमूनाहरू संकलन गर्ने स्वाब टेक्नीशियनहरू पनि ती हुन् जसले चुपचाप कोरोना भाइरस योद्धा हुने खतराहरूको सामना गरे । एक व्यक्तिको स्वाब नमूना संकलन प्रक्रियाको लागी ३० देखि ४० सेकेन्ड भन्दा बढी लाग्दैन, तर यो ँउच्च जोखिम कामू को रूपमा लिइन्छ । जस्तै, हामी धेरैले घरबाट काम गर्ने विलासको रस लिइरहेका छौं तर, उनीहरूले बाहिर आˆनो ज्यान जोखिममा राखेर काम गरिरहेका थिए ।

अग्रपंतिमा काम गर्दै, सफाईकर्मीहरू पनि घातक भाइरसको समान खतरामा थिए किनकि, उनीहरूले उचित सुरक्षा र स्वास्थ्य उपकरण बिना चुनौतीपूर्ण अवस्थामा काम गर्नुपर्‍यो ।

यसबीच, तिनीहरू मध्ये धेरैले स्वाबहरु संकलन गर्ने र आˆनो रिपोर्टको पुष्टि गर्ने, र समुदायलाई सफा राख्न फोहोर छुट्याउने क्रममा सामाजिक दूरी कायम गर्न संघर्ष गर्नुपर्यो । सफाईकर्मीहरूको काम पहिलेभन्दा धेरै मूल्यवान भएको छ ।

सबैले घरमा सुरक्षा सावधानी अपनाइरहेका थिए र बाहिर ननिस्कँदा, तिनीहरू नियमित कामका लागि दिनचर्यामा लागिरहे । ती मध्ये धेरैलाई न त उचित सुरक्षा न सुरक्षात्मक सामग्रीहरु नै प्रदान गरिएको थियो ।

र, क्वारेन्टिन सेन्टरहरूमा काम गर्नेहरू भाइरस संकुचनको उच्च जोखिममा थिए । उचित सुरक्षा गियरहरू र स्वास्थ्य उपकरणबिना गम्भीर कामका लागि काम गर्ने प्रकोपको जोखिमको बीचमा जीवनलाई प्रत्यक्ष खतरा थियो । तर पनि, तिनीहरूले आफ्नै ज्यान जोखिममा राखिरहेका छन् र पर्याप्त ध्यान पाउन योग्य भएपनि पाइरहेका छैनन् ।

सतुंगलका सफाईकर्मी पिन्टुकुमार पोद्दारले भने, ‘सफाईकर्मीको रूपमा मेरो पेशामा लागेको कलंकको साथ स्वास्थ्य जोखिम पनि महामारीको बेलामा झन् झन् खराब हुँदै गयो । यद्यपी मैले बुझें कि समुदायको सुरक्षाको लागि मेरो कामको महत्व पहिलेभन्दा बढेको छ त्यसैले म आˆनो सेवा प्रदान गर्न निरन्तर लागी परेको छु ।’

यस्तो कठीन समयमा सहयोग गर्न, महामारीको विरूद्धको लडाईमा अग्रपंतिमा खटिएका कामदारहरुको मद्दतका लागि कोका-कोला नेपालले रु.८ करोड सहयोग गरेको छ । यस संकल्पको माध्यमबाट कोका-कोलाले आफ्नो साझेदार क्रियसन र नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर क्रमशः सफाइकर्मी समुदायको जीविकाको लागि र स्वास्थ्य सेवा क्षेत्रमा सहयोग पुर्‍याएको छ । यस परियोजनासँगै उनीहरूले ६३००० भन्दा बढी सफाईकर्मी र स्वास्थ्यकर्मीहरूलाई पीपीई, कोभिड-१९ बारे सचेतना कार्यक्रम, रासन र नेपालका सबै ७ वटा प्रदेशमा भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरणहरू सेवा प्रदान गर्न सक्षम भएका छन् ।

एनआरसीएसका कार्यकारी निर्देशक उमेश ढकालले उनीहरूको कोभिड-१९ को प्रतिक्रियाको आˆनो अनुभव सुनाउँदै भने, ‘नेपाल रेडक्रस महामारीको शुरूदेखि नै कोभिड-१९ को तयारी र प्रतिक्रियात्मक गतिविधिमा व्यस्त थियो । एनआरसीएसले कोका-कोला फाउन्डेशनको सहयोगबाट देशभरको अग्रपंतिका सेवाप्रदायकहरूलाई व्यक्तिगत सुरक्षा उपकरणहरू (पीपीई) र संक्रमण रोकथाम तथा नियन्त्रण (आईपीसी) सामग्रीहरू प्रदान गरेको थियो ।

यसका साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा ७ वटौ प्रदेशमा एक-एक वटा भेन्टिलेटर -कोभिड-१९ को उपचार गर्ने प्रदेशको अस्पतालहरूमा) प्रदान गरेको थियो । यो कोका-कोला फाउन्डेशनको निकै ठूलो सहयोगका कारण फ्रन्टलाइन सेवा प्रदायकले पहिले उनीहरूको सुरक्षा सुनिश्चित गरेर हजारौंलाई सेवाहरू प्रदान गर्न सकेका थिए । त्यस्तै सयौं कोभिड-१९संक्रमित व्यक्तिहरूले भेन्टिलेटरहरू भएको अस्पतालहरूमा उपचार प्राप्त गरे । एनआरसीएसले प्रचुर सहयोगको लागि कोका-कोला फाउण्डेशनलाई प्रशंसा गर्दछ ।’

एनआरसीएस र कोका-कोलाको संयुक्त साझेदारीमा ६०,००० भन्दा बढी फ्रन्ट लाइनर लगायत स्वास्थ्यकर्मीहरू, एम्बुलेन्स चालकहरू, रक्त संक्रमण सेवा प्रदायकहरू, स्वयम्सेवाहरू क्वारन्टीन स्थलहरूमा परिचालन गरिएको थियो र सुरक्षाका लागि सहयोग डेस्कमा रक्षात्मक गियरहरू प्रदान गरिएको थियो । थप रूपमा, सफाईकर्मी समुदायलाई सहयोग पुर्‍याउन, उनीहरूको संयुक्त प्रयासको साथ क्रिएशनको साथ कोका-कोलाले राहत सामग्री र सुरक्षात्मक गियरहरू प्रदान गरेर ३२०० भन्दा बढी व्यक्तिको जीवनमा प्रभाव पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment