+

‘गोल नखाई च्याम्पियन बन्ने सपना बाँकी नै रहृयो’

२०७७ फागुन  ८ गते १४:१२ २०७७ फागुन ८ गते १४:१२
‘गोल नखाई च्याम्पियन बन्ने सपना बाँकी नै रहृयो’

७ फागुन काठमाडौं । राष्ट्रिय महिला लिग सुरु हुँदै गर्दा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको लक्ष्य थियो, उपाधि । ‘गोलमेसिन’ साबित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन र उनलाई साथ दिने टिमले त्यो लक्ष अन्तिम दुई खेल खेल्नु अगाडि नै पूरा गर्‍यो ।

उपाधि पक्का हुनु अघिल्लो खेलमा साम्बा घाइते भएपछि एपीएफले केही गाह्रो हुने अनुमान गरिएको थियो । तर उपाधि होडमा रहेका त्रिभुवन आर्मी र नेपाल पुलिसले बराबरी अंक बाँडेपछि एपीएफले दुई खेल अगाडि नै उपाधि पक्का गर्‍यो ।

शुक्रबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३-० ले पराजित गर्दै एपीएफले सबै खेलमा जितको रेकर्ड नै बनायो । एपीएफलाई च्याम्पियन बनाउने टिमकी कप्तान अनिता बस्नेतले खुशी व्यक्त गर्ने शब्द नै नभएको प्रतिक्रिया दिइन् । ‘अब यो खुसरी कसरी व्यक्त गर्ने ? मसँग शब्द नै छैन’ आर्मीलाई हराएपछि उनले भनिन्, ‘तर महत्वपूर्ण खेलाडी साम्बा घाइते हुनु हाम्रो लागि दुःखद भयो । हामीले हरेक क्षण साम्बाकै लागि (प्रे) कामना गरिराथ्यौं ।’

साथै उनले एउटा चाहना पूरा हुन नसकेको बताइन् । ‘हामीले योजना अनुसार नै लिग जित्यौं’ उनले भनिन्, ‘लिगमा एक गोल नखाई लिग च्याम्पियन बनेर इतिहास रच्न हामी सबैको योजना थियो । त्यो चाँही पूरा हुन सकेन ।’

७ टिम सहभागी महिला लिगमा जम्मा १२ खेल खेलेको एपीएफले ७७ गोल गरेको गरेको थियो । राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको एपीएफले नगरपालिकाका टिमहरुलाई सहजै पराजित गर्‍यो भने केही खेलमा एपीएफले गोलको वर्षा गर्‍यो । उसले लिगमा जम्मा एक गोल खायो । पुलिसकी अमृता जैसीले गरेको गोल नै एपीएफकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बाले खाएको एक मात्र गोल बन्यो । यद्यपि त्यो खेल पनि २-१ को जितेको थियो ।

एपीएफकी कप्तान अनिताले दुई खेलअघि लिग उपाधि पक्का भएपनि सबै खेल जित्नुको खुसी बेग्लै भएको सुनाइन् । ‘हामी च्याम्पियन त बनिसकेका थियौं, तर मैदानभित्र जितेर ट्रफी उचाल्नु र हारेर उचालेको त निश्चय नै फरक पर्छ’ अनिताले खुशी हुँदै भनिन्, ‘जसरी पनि आर्मीलाई जित्नैपर्छ भन्ने सोचेका थियौं ।’

अनिता बस्नेत एपीएफ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय