Comments Add Comment

लिग लिडर बार्यन म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बार्यन म्युनिख एनट्राट फ्रान्कफर्टसँग पराजित भएको छ । शनिबार भएको खेलमा साविक विजतासमेत रहेको बार्यन फ्रान्कफर्टसँग २-१ ले पराजित भएको हो ।

घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले एक एक गोल गरे । बार्यनका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा कामडाले गोल गर्दै घरेलु टोली फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा अमिनले गोल गरेपछि पहिलो हाफमा फ्रान्सफर्टले २-० को अग्रता बनायो ।

दोस्रो हाफमा बार्यनले खेलमा फर्कन प्रयास गरे पनि एक गोल मात्र गर्न सक्यो । ५३औं मिनेटमा लेवान्डोस्कीले गोल फर्काए पनि बायर्नलाई हारबाट जोगाउन सकेनन् ।

यस हारपछि पनि बार्यन  शीर्ष स्थानमा कायमै रहेको छ तर दोस्रो स्थानको आरबी लाइपजिगसँग अंकदुरी राकिलो बनाउने मौका गुमाएको छ ।

बायर्यनको २२ खेलमा ४९ अंक छ । एक खेल कम खेलेको लाइपजिग ४४ अंकसहित दोस्रो स्थानमा छ । लाइपजिगले आइतबार हेर्था बरलिनलाई पराजित गरेमा बायरनसँग अक दुरी २ मा झार्नेछ । २२ खेलबाट ४२ अंक जोड्दै फ्रान्कफर्ट चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment