Comments Add Comment

ओलीले समृद्धिको सपना देखाएर संविधान नै धरापमा पारे : विष्ट

९ फागुन, गुल्मी । पूर्वमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् ।

गुल्मी सदरमुकाम तम्घासमा युवा-विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेता विष्टले दुई तिहाइको अभिमतलाई प्रधानमन्त्री ओलीले समृद्धिका लागि नभइ आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरेको बताए ।

‘निर्वाचनमा समृद्धिको चास्नी देखाएर अराजकता निम्त्याउनु निकै दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने ।

अहिलेको सरकार स्वास्थ्य सेवाबाट बन्चित नागरिकको समस्या समाधान गर्नभन्दा सत्ता जोगाउने खेलमा लागेको आरोप विष्टले लगाए ।

ओलीले निर्वाचन आयोगलाई धम्क्याएर सूर्य चुनाव चिह्न मागेको आरोपसमेत उनले लगाए । बहुमत केन्द्रीय सदस्य आफूहरुतिर भएकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउने उनले विश्वास व्यक्त गरे ।

प्रतिगमनविरुद्धको आन्दोलनको अगुवाइ गर्न उनले युवा-विद्यार्थीहरुलाई आह्वानसमेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment